काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा श्रीलंकन पुबुदु दसानायकेलाई नियुक्त गर्ने तयारी गरेको छ। नियुक्त हुने लगभग निश्चित भएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका हुन्। नेपाली क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हुनेछ। उनले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
ओमान भ्रमणका क्रममा डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन भएको थियो। त्यसको एक महिनापछि क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। नेपाली टोलीको प्रशिक्षकमा ६० जनाले आवेदन दिएका थिए। क्यानले ६० बाट पहिलो चरणमा १५ जनालाई छान्यो। छानिएका १५ मध्येबाट पाँच प्रशिक्षक छनोट गर्दै अन्तर्वार्ता लिइयो। पुबुदुलगायत मोन्टी देशाई, ग्रान्ट ब्राडवर्न, अशंखा गुरुसिंह र रुवान कल्पले प्रशिक्षकका लागि अन्तवार्ता दिएका थिए। जसमध्ये पारिश्रमिक र नेपाली क्रिकेटसँग ‘फ्यामिलियर’ भएकाले पुबुदुको नियुक्ती करिब निश्चित भएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए।
नेपाली क्रिकेट र क्रिकेट खेलाडीका विषयमा राम्रो ज्ञान राखेका पुबुदुले क्रिकेट टोलीलाई नयाँ उचाइमा पुर्याजउने अपेक्षा गरिएको छ।