काठमाडौँ। इङ्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनलमाथि जित दर्ता गरेको छ। आफ्नो घरेलु मैदान गुडिसन पार्कमा आज बिहान सम्पन्न खेलमा एभर्टनले आर्सनललाई २-१ गोलले पराजित गरेको हो।
एभर्टनले आफ्नो घरेलु मैदानमा आफूभन्दा बलियो मानिएको आर्सनललाई पराजित गर्दै १८ अंकसहित बाह्रौं स्थानमा उक्लन सफल भएको छ। आर्सनल २३ अंकसहित सातौं स्थानमा रहेको छ भने शीर्ष स्थानमा साविक विजेता म्यानचेष्टर सिटी रहेको छ।