काठमाडौँ। बलिउड अभिनेत्री आलिया भट्टको चलचित्र ‘गंगुबाई काठियावाडी’ अहिले सिनेमाघरहरुमा प्रदर्शन भइरहेको छ। लामो समयदेखि प्रशंसकहरु यो चलचित्रको प्रतिक्षा गरिरहेका थिए। चलचित्रले दर्शक तथा समिक्षकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको चलचित्रले बक्स अफिसमा प्रदर्शनको पहिलो दिन राम्रो कमाई गरेको छ। पहिलो दिनको कमाईलाई हेरेर चलचित्रले सप्तान्तमा राम्रो कमाई गर्ने अड्कल गरिएको छ। चलचित्रले पहिलो दिन करिब ९.५० देखि १० करोडको व्यापार गरेको छ। कोरोनाको भय रहिरहेको यो अवस्थामा चलचित्रले गरेको यो कमाईलाई राम्रो मानिएको छ।