बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुनाले कामकाज प्रभावित भएको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मंगलबहादुर शाहीको उपसचिवमा बढुवा भएपछि उक्त नगरपालिकामा कुनै प्रमुख प्रशासकिय अधिकृत नियुक्ति भएको छैन ।
असोजपछि जयपृथ्वी नगरपालिकाको आर्थिक तथा अन्य कामकाजहरु प्रभावित भएको हो । स्थानीय एवं अन्य सेवाग्राहीहरु नगरपालिकामा कामका लागी जाँदा उनीहरु रित्तो हात फर्किनु सिवाय कुनै विकल्प रहेको छैन । तत्कालिन प्रमुख प्रसासकिय अधिकृत शाही अहिले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएपछि उक्त नगरपालिकाको प्रशासन प्रमुख विहिन भएको हो । निमित्तको जिम्मेवारी लेखा अधिकृत लालबहादुर खातीले पएको पए पनि आर्थिक कारोबार गर्ने अधिकार नभएका कारण सेवाग्राहीहरु समस्यामा परेका हुन् ।
बझाङ जिल्लामा दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तह रहेका छन् ।