काठमाडौँ - राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) ले आयोजना गरेको अन्तर विद्यालय सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि नेपालयले जितेको छ। कुल ३३ विद्यालयबाट ३६ टिमको सहभागी रहेको प्रतियोगितामा मनकामना मा.विलाई टाइब्रेकरमा ३-२ ले हराउँदै नेपालयले उपाधि जितेको हो।
प्रतियोगितामा लिटल बड्स मा.विलाई १-३ ले हराउँदै विट्स एकेडेमी तृतीय भएको छ। प्रतियोगितामा मनकामना मा.विका निशान्त लामा उत्कृष्ट खेलाडी बनेका छन्। उत्कृष्ट गोलरक्षकको उपाधि नेपालयका पृथ्वी खड्काले पाउँदा सर्वाधिक गोलकर्ता विट्स एकेडेमीमा सुजन बिक बनेका छन्।
प्रतियोगिताको फेयर प्ले टिमको अवार्ड जिवनतारा एकेडेमीले जितेको छ। प्रथम द्वितीय र तृतीय हुने विद्यालयले ट्रफी मेडल र प्रमाणपत्र सहित क्रमशः नगद १५, १० र ५ हजार प्राप्त गरेका छन्। प्रतियोगिताको विजयी टिम र खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल, उपमेयर सान्नानी लामा र निसान पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए।