काठमाडौँ - मिलन चाम्सको निर्देशनमा तयार भइरहेको फिल्म ‘वर एण्ड वधू’को प्रदर्शन मिति तय गरिएको छ। रोमानियामा फिल्मको छायाङ्कन सकेर नेपाल आए लगतै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो।
निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदो १९ फागुनबाट रिलिज हुनेछ। वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताएका छन्।
फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म तयार भएको हो। फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन्। फिल्ममा जानुका थापाको लगानी रहेको छ।