काठमाडौँ। नाटक ‘पुतलीको घर’ पुनः मञ्चन गरिने भएको छ। आरोहण गुरुकुलको नाटकको मञ्चन कोरोना महामारीका कारण रोकिएको थियो। माघ २८ गतेदेखि फागुन ७ गतेसम्म नाटक पुनः मञ्चन हुन लागेको रंगकर्मी सुनिल पोखरेलले जनाएका छन्। नाटक कुञ्ज थिएटर थापागाउँमा ५ बजेदेखि मञ्चन गरिनेछ।
सुनिलकै अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ कुञ्ज थिएटरमा माघ १ गतेबाट माघ ७ गतेसम्म मञ्चन भएको थियो। कोरोनाका कारण बिचमै मञ्चन स्थगित भएको नाटक हाल कोरोना सामान्य भएसँगै पुनः मञ्चन हुन लागेको हो।
नाटकमा मुख्य भूमिकामा रंगकर्मी निशा शर्मा, शेखर चापागाईं, अञ्जु देउजा आदि कलाकारहरुको अभिनय रहेको छ। करिब एक दशकदेखि बन्द रहेको आरोहण गुरुकुल नाटक ‘पुतलीको घर’मार्फत फर्किएको हो।