काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति , सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पुर्याएवापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित भएका छन्।
एजुकेसन भ्वाइस नेपालद्वारा आज मध्यपुरथिमिमा आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष रमेश गिरीले दोसल्ला ओढाएर सम्मान गरेका छन्। सो अवसरमा नगरप्रमुख श्रेष्ठले भने, “मध्यपुरथिमि नगरपालिका चार वर्षअगाडि कस्तो थियो, आज कस्तो छ, यहाँका बासिन्दाले मात्रै हैन, थिमि आउने जो कोहीले अनुभवन गर्न सक्छन्, थिमि विकासमा उत्कृष्ट ३ मा पर्न सफल भएको छ।” कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले मध्यपुरथिमिको विकासको चर्चा गरेका छन्।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति र महासङ्घ भक्तपुरका सल्लाहकार एवं प्रशिक्षक पुष्करराज बुढाथोकीले पत्रकारिता क्षेत्रको भविष्य र अवसरका बारेमा चर्चा गरेका छन्।