रणवीर स्टारर ‘शमशेर’को टिजर सार्वजनिक

काठमाडौँ - रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुर स्टारर ‘शमशेर’ प्रदर्शन हुन एक महिना पनि बाँकी छैन। तीनैजना कलाकार प्रचारप्रसारमा जुट्दा निर्माण कम्पनी यशराज फिल्म्सले मंगलबार टिजर सार्वजनिक गरेको छ।

आगामी जुलाई २२ मा रिलिज हुने फिल्मको टिजर सार्वजनिक गर्दै यशराज ब्यानरले ‘महान् मान्छेले पदचाप छाडेर जान्छ’ भनेर उल्लेख गरेको छ।

करण मलहोत्रा निर्देशित फिल्मको टिजरमा रणवीर र सञ्जयको एक्सन दृश्य समावेश छ। तीनैजना कलाकारले भारतका विभिन्न सहरमा पुगेर फिल्मको प्रचारप्रसार गर्ने जनाइएको छ।

भारतीय न्युज एजेन्सी आईएनएससँग कुरा गर्दै रणवीरले भनेका छन्, ‘शमशेरको पब्लिसिटी सुरु गर्न पाउँदा म खुसी छु। हामी फिल्ममार्फत धेरैभन्दा धेरै दर्शकसामु पुग्न चाहन्छौं। प्रचार गर्ने कुरामा हामी कुनै कसर बाँकी राख्दैनौं। म दर्शकको प्रतिक्रिया बुझ्न पनि व्यग्र छु।’

शमशेर काजा नामक एक काल्पनिक सहरको कथा हो। जहाँको क्रुर शासक सुद सिंहले त्यहाँको जनजाति वीर योद्धालाई थुनामा राखेर यातना दिन्छ। यो कुनै दासको कथा हो, जुन दास हुँदै आफ्नो जातीय समुदायको नेता समेत बन्न पुग्छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×