बार्सिलोना र म्याचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ - यस साता युरोपका २ हेभिवेट क्लबहरू स्पेनिस बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेल खेल्दैछन्। नयाँ सिजन सुरु भइसकेको अवस्थामा २ क्लबले सो खेल खेल्न लागेका हुन्।

गत सिजनको अन्त्यपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओला आफ्नो देश स्पेन पुगेका बेला यो खेलको घोषणा भएको थियो। सोही अनुसार यो खेल हुन लागेको हो। यो खेल आयोजनाको घोषणा गर्दा सिटीका तर्फबाट प्रशिक्षक ग्वार्डिओला र बार्सिलोनाका तर्फबाट क्लब अध्यक्ष जोन लापोर्टा पत्रकार सम्मेलनमा सामेल भएका थिए।

२ क्लबले च्यारिटीका लागि खेल खेल्न लागेका हुन्। खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार बिहीबार बिहान ९ः१५ बजेबाट सुरु हुने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×