चौरासी पूजाको रकम विद्यालयमा अक्षयकोष स्थापना

पाल्पा - पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्गमस्थित कालिका माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। मुझुङ्गका नारायण बहादुर रायमाझीले बुबा चीत्र बहादुर रायमाझीको चौरासी पूजा नगरी सो वापतको रकम एक लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालयले जनाएको छ। 

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बुबा र स्वर्गीय आमा बोधकुमारीको नाममा अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक श्रमण अर्घालीले बताए।
यसैबीच रुपन्देहीको बुटबल उपमहानगरपालिका ६ अस्पताल लाइनका हर्क बहादुर कार्की र श्रीमती मीना कुमारीले स्वर्गीय बुबा ललित बहादुर र आमा जानुकुमारीका नाममा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। सो विद्यालयमा  अक्षयकोषले जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गर्ने  प्रअ अर्घालीले बताए। विद्यालयको निर्माणधिन चार कोठे भवन बनाउन ११ हजार १ सय ५५ रुपैयाँ हर्क बहादुरले सहयोग गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×