नयाँबानेश्वरमा न्यायपालिकाको स्वतन्त्रताका लागि स्वतन्त्र कानून व्यावसायीको काउन्टर प्रोटेस्ट (फोटो फिचर)

काठमाडौँ । राजधानीमा स्वतन्त्र कानून व्यवसायीहरू तथा युवाहरुको समुहले आज पनि सर्वोच्च अदालतमा भइ रहेको बार एशोसिएसनको आन्दोलनको विरुद्धमा प्रदर्शन आयोजना गरेका छन् । काठमाडौँको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटल अगाडि उनीहरुले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन्। 

'कानूनी सर्वोच्चता कायम गर!', 'स्वतन्त्र न्यायपालिका, हाम्रो चाहना!',  'विधिको शासन कायम गर!', 'दबावको शासन अन्त्य गर!'  लगायतका नाराहरु लेखिएको ब्यानर सहित उनीहरु सर्वोच्चमा आन्दोलनकारी वकीलहरूले गरिरहेको औचित्यहिन आन्दोल र निरन्तरको न्याय अवरुद्ध भएको विरोधमा प्रदर्शनमा उत्रीएका हुन्। 

सर्वोच्च अदालतको स्वतन्त्रताको पक्षमा स्वतन्त्र कानून व्यवसायीहरू शुरूदेखि नै उभिएका हुन् भने अहिले युवाहरु पनि उनीहरुको साथमा उभिएका छन्। आन्दोलनकारीहरूको अराजक प्रवृतिहरुको अन्त्य गर्न, सर्वोच्च परिसरअघि हुलदंगा मच्चाएको विरोधमा स्वतन्त्र कानून व्यवसायीहरूले दबावको शासन अदालतमा लागू गर्ने दुस्साहस नगर्न चेतावनी दिँदै काउन्टर प्रोटेस्टमा उत्रिएका हुन्।  उनीहरूले विभिन्न ब्यानर र नारासहित न्यायपालिकाको पक्षमा आन्दोलनकारीहरूलाई प्रतिवाद गरेका हुन्।

यतिबेला सबै न्यायाधीशहरू इजलास फर्किसकेपछि बारको आन्दोलन स्वतः विफल भइसकेको छ। तर, बारले अराजक शैलीमा आन्दोलनलाई थप तन्काउने कोसिस गर्दै आएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×