रविको नाम उल्लेख नगरी कार्यादेश निर्धारणमा कांग्रेस पनि लचिलो देखिएकाे छ : एमाले

काठमाडौं । संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एक सदस्यले बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुङ्गो नलाग्दा गतिरोध कायम छ ।

आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको कार्यदलका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रमुख दलका शीर्ष नेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने सङ्केत मिलेको हो । कार्यदलका सदस्य बर्तौलाले आज दिनभर आफूहरु औपचारिक एवं अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×