काठमाडौँ - टीकाथलीका कृष्णमान श्रेष्ठका घरमा सबै पार्टीका उम्मेदवार भोट माग्न गइसकेका छन् । घरमा भोट माग्न आउने उम्मेदवारसँग आफूले खानेपानीको समस्या सुनाएको उनले बताए। सबै उम्मेदवारले पनि त्यो समस्या सुनेर समाधान गर्ने बताएका छन्। पानी नहुँदा सधैँ ट्याङ्करको भर परेको उनले बताए।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायतका सबै दलका उम्मेदवारसँग खानेपानी उपलब्ध हुनुपर्ने र भित्री सडक सुधार हुनुपर्ने माग गरेको श्रेष्ठले बताए। मेलम्चीको पानी पुनः वितरण थालिएसँगै आसपासका पालिकामा पानी पर्याप्त हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा भने पानीको समस्या छ।
नगरपालिकाका अधिकांस वडाहुँदै जाने ग्वार्खाे–लामाटार सडक निर्माण भए पनि भित्री सडक निर्माण हुन बाँकी छ। उनले भने, “मुख्य सडकका भित्र भित्रसम्म बाक्लो बस्ती भएकाले सडक ढलान वा पिच गर्नुपर्छ।”