युएईले जनवरीदेखि इन्टरनेशनल टी-ट्वान्टी लिग आयोजना गर्ने


काठमाडौँ - युएईले आगामी वर्षको जनवरी ६ देखि फेब्रुअरी १२ सम्म पहिलो संस्करणको इन्टरनेशनल टी-ट्वान्टी लिग (आईएलटी-ट्वान्टी) आयोजना गर्ने भएको छ। इमिरेट्स क्रिकेट बोर्डले सोमबार इन्टरेनशनल लिग जनवरी ६ देखि आयोजना गरिने जानकारी गराएको हो।

लिगमा ६ टिमको सहभागिता रहनेछन् भने, लिगमा ३४ खेल हुनेछ। सबै खेल युएईमै हुनेछन्। लिगमा विश्वभरीका उत्कृष्ट खेलाडीहरुलाई सहभागिता गराउने बोर्डले जनाएको छ।

बोर्डका अनुसार स्थानिय खेलाडीलाई प्राथमिकतामा राखिने छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×