युरोपका ४४ देशमा प्रदर्शन हुँदै फिल्म ‘प्रेमगन्ज’

काठमाडौँ - फिल्म ‘प्रेमगन्ज’ जर्मनी लगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। यो फिल्म जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने निर्देशक परिच्छेद सेनले जानकारी दिए।

‘प्रेमगन्ज’लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ले युरोपमा प्रदर्शन गर्दैछ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो। निर्देशक सेनले अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको नेपाली इतिहासमै पहिलो पटक भएको दाबी गरेका छन्।

भारतमा रिलिजको लागि पीभीआर कम्पनीसँग कुरा भइरहेको समेत उनले सुनाएका छन्। फिल्ममा बेनिशा हमालका साथै तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ। निर्देशक परिच्छेदकै लेखन रहेको यो फिल्म आगामी भदौ ३ गते प्रदर्शन हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×