काठमाडौँ। मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। आज हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराउदै मनाङ मर्स्याङ्दीले दोस्रो जित हात पारेको हो।
दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो। पहिलो खेलमा हिमालय शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अंक छ ।