राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई काेराेना संक्रमण पुष्टि

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

आज (मंगलवार) गरिएकाे पीसीआर परीक्षणको क्रममा उनलाई सङ्क्रमण पुष्टि भएको उहाँका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

उहनका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

रुघाखोकीजस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहने पाैडेलले जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×