काठमाडौँ - स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६ वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ।
ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन्। फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ।
इन्ड्रिक अनुबन्ध पाल्मेइरास र मड्रिडले यस विषयमा केहि खुलाएका छन्। तर, इन्ड्रिक अर्काे हप्ता मड्रिक भ्रमण गर्नेछन्। ब्राजिलकन इन्ड्रिकले यु-१७ टोलीबाट ३ गोल गरेका छन्। यसैगरी ब्राजिलियन सिरी ए मा यो सिजन ७ गोल गरेका छन्।