मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ। नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो। मछिन्द्रको जितमा सुनिल बल नायक बने। उनले खेलको २१औँ मिनेटमा निर्णायक गोल गरेका थिए। बलले विशाल राईको फ्री–किकमा हेडमार्फत गोल गरेका थिए।

जितसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने तय गरेको हो । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातौँ चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउने प्रस्तावलाई एसियाली फुटबल महासङ्घ (एएफसी)ले स्वीकार गरेको थियो। त्यसैअनुरुप मछिन्द्र छनोट भएको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्न पाएको थिएन्। गत वर्ष नेपाली सेनाको आर्मी फुटबल क्लबले सो छनोट खेलेको थियो। 

जितपछि मछिन्द्रले सात खेलमा १७ अङ्क जोडेको छ। त्यस्तै समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अङ्कका साथ दोस्रो स्थानमा छ। सात खेल नै खेलेको पुलिस ६ अङ्कका साथ ११औँ स्थानमा छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×