अन्तरजातीय विवाहपछि बेपत्ता पारिएका चन्द्रे कामीको खोजीको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीकाे प्रदर्शन

काठमाडाैं । अन्तरजातीय विवाहपछि बेपत्ता पारिएको हुम्लाका चन्द्रे कामीको खोजीको माग राखेर रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरको छन्।

अनेरास्ववियू (क्रान्तिकारी) आरआर क्याम्पस कमिटीका विद्यार्थीले मंगलबार साँझ प्रदर्शन गरेका हुन्। उनीहरुले कामीको खोजीको माग गर्दै टर्च बालेर प्रदर्शन गरेका थिए।

‘चन्द्रे कामीलाई तत्काल सार्वजनिक गर, सरकार चन्द्रे कामी हरायो भोलि हाम्रो पालो, अझै पनि चलेनौँ हामी नवराजपछि चन्द्रे कामी’लगायत लेखिएको पम्पेलेटसहित उनीहरुले प्रदर्शन गरेका हुन्।

अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता पारिएको कामीको खोजीमा सरकारले ढिला सुस्ती गरेको भन्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियू ( क्रान्तिकारी ) आरआर क्याम्पस कमिटीका इन्चार्ज तथा क्याम्पस जिल्ला का सह सचीव मिनराज पाण्डे ले  बताए ।

दलित समुदायमाथि हुने यो एक प्रतिनिधिमुलुक घटना मात्र हो। यसलाई राजनीतिकरण नगरी सत्य तथ्य छानबिन गरेर पीडितलाई क्षतिपूर्ति सहितको न्याय र पीडकलाई हदै सम्मको कारबाही गरी सर्वसाधारण जनतामा कानुनी राज्यको प्रत्याभूति दिलाउने काम राज्यको हो। भोलिका दिनमा यस्ता घटना घट्नबाट रोक्नको लागि राज्यले प्रभावकारी कदम चाल्नु आवश्यक छ भन्दै खबरदारी गर्दै मास लाई सम्बोधन गर्ने क्रममा सरकार समक्ष माग राखेका छ्न ।

‘चन्द्रे कामी बेपत्ता भएको यतिका दिन भयो तर पनि सरकारले खोजी गर्न सकेको छैन’, पाण्डे ले भनेका छ्न्, ‘उनलाई खोजी गरेर तत्काल सार्वजनिक गरिनुपर्छ, अन्यथा हामी थप पीडित ले न्याय नपाय सम्म चरणबद्ध रुपमा आन्दोलनमा उत्रिन्छौँ। अनेरास्ववियू ( क्रान्तिकारी ) सदै सामाजिक न्याय समानता र सामाजिक तथा राजनैतिक रुपान्तरणको आन्दोलन मा अग्र पन्ती मा रहेको भनेर बताएका छन 

मुगुकी १७ वर्षीया रमिला मल्लसँग अन्तरजातीय बिहे गरेका हुम्लाका १८ वर्षीय कामीलाई मल्ल परिवारले एक साता आगाडि घरबाट लिएर गएका थिए। उनी अहिलेसम्म पनि भेटिएका छैनन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×