प्रचण्ड भन्छन्, 'एमसिसीको विवाद सकियो, अब गठबन्धन सरकार अघि बढ्छ'

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवाद अब सकिएको भन्दै गठबन्धन र सरकार अघि बढ्ने बताएका छन्।

‘एमसिसी परियोजनाको विषयलाई लिएर निकै ठूलो विवाद, अन्योल, बहस भए। सबैभन्दा नेकपा माओवादी केन्द्र र नेतृत्वको हैसियतले ममाथि थुप्रै टिप्पणी पनि भए,’ उनले भने, ‘हिजोसम्म आइपुग्दा एउटा निकास दिइएको छ। यो नहुँदासम्म एउटा अन्योल थियो। अब गठबन्धन कायम रहन्छ। सरकार अघि बढ्छ। अब निर्वाचनको प्रक्रिया अघि बढ्छ।’

उनले सुरुमा आफ्नो पार्टीको नेतृत्वमा सरकार भएको बेलामा नै एमसिसीबारे छलफल, बहस सुरु भएको भन्दै पछिल्लो समय विवाद बढेको बताए। ‘नेकपाको सरकार भएको बेलामा विवादित हुन पुग्यो। एमसिसीलाई आईपीएसको अंग भनेर प्रचार गरियो। अमेरिकी अधिकारी लगायतले पनि भने,’ प्रचण्डले भनेका छन्।

आफ्नै निवास खुमलटारमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×