भारत। बलिउड अभिनेता सलमान खानको आउँदो चलचित्र 'कभी ईद कभी दिवाली' इदमा प्रदर्शनमा आउने भएको छ। हाल चलचित्रको निर्माण कार्य भईरहेको सलमानले जनाएका छन्। चलचित्रमा सलमान र पूजा हेगडे मुख्य भूमिकामा रहेका छन्। साजिद नाडियाडवालाले निर्माण गरेको चलचित्र आगामी इदमा प्रदर्शनमा आउने बताईएको छ।
फरहाद सामजीको निर्देशन रहेको चलचित्र नबन्ने समाचार आएतापनि चलचित्र बन्ने भएको छ।