अन्तराष्ट्रिय सिमरा भेट्रान कप आजदेखि सुरु

सिमरा - सिमरामा अन्तराष्ट्रिय भेट्रान कप आजदेखि सुरु हुने भएको छ। स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले मंगलवार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो। खेलमा राष्ट्रिय टिममा सहभागी ४० वर्ष उमेर नाघेका १६ वटा नेपाली र २ भारतीय समुह भाग लिने आयोजकले संस्थाले जनाएको छ।

सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान बी र बाग्मती भिड्नेछन् भने दोस्रो खेलमा नागसोती भेट्रान र चितवन भेट्रानबीच खेल हुने भएको छ। प्रतियोगिता संयोजक हरि चौधरीका अनुसार पहिलो खेल २ः३० बजेबाट र दोस्रो खेल ३ः३० बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा दार्जिलिङ भेट्रान भारत, कलकत्ता भेट्रान भारत, मोरङ भेट्रान, अभिषेक चर्च परासी, नागसोती भेट्रान हेटौडा, चितवन भेट्रान, विरगंज युथ एकेडेमी भेट्रान, काठमाण्डौ भेट्रान, बाग्मती भेट्रान, भेट्रान सिटि वीरगन्ज, भुटनदेवी भेट्रान, वीरगन्ज सिटि भेट्रान, कालभैरव भेट्रान हेटौडा, डेभिल्स भेलिसेन्ट भेट्रान पोखरा, सिमरा भेट्रानको २ टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार प्राप्त गर्नेछन्। सिमरा रंगशालामा आजदेखि शुरु हुने सिमरा अन्तर्राष्ट्रिय भेट्रान कप प्रतियोगिताको लागि एकीकृत समाजवादीका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री किसान श्रेष्ठले १ महिनाको तलव (५० हजार) र खेल सामग्री सहयोग गरेका छन्।

आज शुरु हुने खेलको शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गर्ने आयोजक संस्थाले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×