बुसान फिल्म फेस्टिबलमा नेपालका फिल्ममेकर सुशील पाण्डे सहभागी

काठमाडौँ - साउथ कोरियामा भइरहेको बुसान फिल्म फेस्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै फिल्ममेकर सुशील पाण्डे सहभागी भएका छन्। आफूले निर्देशन गरेको फिल्म 'इन्डिजिनियस एसेट्स'को तर्फबाट उनी बुसान फिल्म फेस्टिबलमा सहभागी भएका हुन्।

एसियाको प्रतिष्ठित फेस्टिबल मानिने उक्त फेस्टिबल अक्टोबर ५ देखि १४ सम्म भइरहेको छ। ३५ एसियन र १० अन्य देशका १५ सयभन्दा बढी फिल्म निर्माता/निर्देशक फेस्टिबलमा सहभागी भएका छन्।

पाण्डेले निर्देशन गरेको फिल्म 'इन्डिजिनियस एसेट्स'ले २०१९ मा भएको ह्युमन राइट्स फिल्म फेस्टिबलमा अवार्ड जितेको थियो।

उनी प्रोड्युसर रहेको डकुमेन्ट्री ‘हिमालयन सेफर्ड’ ले ढाका डकल्याबमा ‘ग्लोबल फिल्म एन्ड इनिसिएटिभ अवार्ड’ जितेको थियो। उक्त वृत्तचित्रको निर्देशन आभास रिजालले गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×