काठमाडौँ - काठमाडौँको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन्। कागेश्वरी मनहरा–१, गागलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार थापा घुससहित पक्राउ परेका हुन्।
शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६००० रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। उनले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।