'प्रधानन्यायाधीश जबराको बहिर्गमनको मागप्रति असहमति छ' (विज्ञप्तिसहित)

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध केही अदालतभित्रकै विद्रोही न्यायाधीशहरूको प्रयोग गरी बारले आन्दोलन गर्दै आइरहँदा कानून व्यवसायीहरूकै अर्को समूह भने प्रधानन्यायाधीश जबराको समर्थनमा देखिएको छ।

आज मंगलबार ‘कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियान’ नाम गरेको कानुन व्यवसायीहरूको उक्त समूहले एक विज्ञप्ति जारी गर्दै असंवैधानिक मार्गबाट प्रधानन्यायाधीशको बहिर्गमनसमेतका माग राखी गरिएको आन्दोलनका कार्यक्रमहरूप्रति आफूहरूको असहमति रहेको बताएको छ। ९ सूत्रीय माग राख्दै २०७८/०७/१५ का दिन नेपाल बारसमक्ष र ३ सूत्रीय माग राख्दै २०७८/०७/२३ का दिन प्रधानन्यायाधीश जबरासमक्ष पेश गरेको स्मरण गराउँदै नयाँ विज्ञप्ति सार्वजनिक गरेको छ।

अभियानले कुनै पनि विवादको स्थायी समाधान वार्ता तथा संवादबाटै हुने विश्वास रहेको र आन्दोलनरत पक्षलाई पनि वार्ता र संवादबाट समाधान गर्न सुझावसमेत दिएको छ। अभियान संयोजक शिव अर्यालद्वारा जारी विज्ञप्तिमा अभियानले राखेका माग र वर्तमान परिस्थितिका बारे छलफल गर्न नेपाल बार एशोसिएशनले मंसिर ७ गते आफूहरूलाई बोलाएकामा त्यसको स्वागतसमेत गरेको छ।
विज्ञप्तिः

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×