नसीरुद्दीन शाह 'ओनोमेटोमेनिया' नामक बिमारीसँग लडिरहेका छन्

काठमाडौँ। बलिउड कलाकार नसीरुद्दीन शाह 'ओनोमेटोमेनिया' नामक बिमारीसँग लडिरहेका छन्। हालै दिएको एक अन्तर्वार्तामा उनले यो कुराको जानकारी दिएका हुन्। अन्तर्वार्तामा उनले भने कि उक्त बिरामीका कारण उनी आनन्दले बस्न पाउँदैनन्।

ओनोमेटोमेनियाको मतलब र झेल्नु पर्ने समस्या
अन्तर्वार्तामा नसीरुद्दीन शाहले 'ओनोमेटोमेनिया'को मतलब र यसबाट पर्ने समस्याको बारेमा पनि बताए। उनले भने " यो एक मेडिकल कन्डिसन हो। म मजाक गरिरहेको छैन, तपाईहरू चाहनुहुन्छ भने शब्दकोषमा खोज्न सक्नुहुन्छ। यो एक यस्तो कन्डिसन हो, जसमा तपाई आफ्नो शब्द या वाक्यलाई बिना कारण दोहोर्याउनु हुन्छ। तपाई त्यो सुन्न चाहनुहुन्छ। म प्राय यस्तो गर्छु। कहिल्यै आरामसँग बस्न सक्दिन। यतिसम्म की जब म सुतिरहेको हुन्छु त्यतिबेला पनि यस्तो गरिरहेको हुन्छु,आफ्नो मनपर्ने कुनै खण्ड दोहोर्याईरहन्छु।

७१ वर्षका नसीरुद्दीन शाह हालै ओटिटिमा आएको दीपिका पादुकोण अभिनित चलचित्र 'गहराइयां'मा देखिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×