काठमाडौँ। सर्वोच्च अदालतको इतिहासमा आजको दिन एतिहासिक बनेको छ। सर्वोच्च अदालतको इतिहासमै पहिलो पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पहलमा उनकै कार्यकालमा गोला प्रणाली लागू हुनु एतिहासिक कुरा हो।
आज बुधबार गोला प्रणाली लागू भएको पहिलो दिन दुईवटा एकल इजलास र ९ वटा संयुक्त इजलास गरी कुल ११ वटा इजलास गठन गरिए। कानून क्षेत्रका जानकारहरू सबैले प्रधानन्यायाधीस जबराको कार्यकालमा सर्वोच्चको इतिहासमा पहिलो पटक गोला प्रणाली लागु हुनुलाई निकै ठुलो ऐतिहासिक सफलता बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको प्रश्नलाई निमिट्यान्न पर्दै गोला प्रणाली लागु भयो। साथै गोला प्रणाली लागु भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्किएका थिए।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार बुधबारका लागिगोला प्रणालीबाट पेसी तोकेर १८ न्यायाधीशले सर्वोच्चमा उपस्थित भएर सुनुवाइ सुरू गर्ने तयारी गरेका थिए। तर, गोला प्रक्रियाबाट पेसी तोक्न माग गर्दै आएको नेपाल बार एशोसियसनले सर्वोच्च अदालतबाट हुने मुद्दा सुनुवाइमा फेरि भाँजो हालेको छ।
गोला तानेर पेसी तोकिएअनुसार इजलास बसिरहेकै बेला बार पदाधिकारीहरुले न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश नभएको अवस्थामा कसको नेतृत्वमा गोला प्रक्रिया अघि बढाइयो भन्ने प्रश्न गरेपछि न्यायाधीशहरू इजसलाबाट फर्किनुपर्यो। स्मरण रहोस्- कोरोनाका कारण जबरा अस्पतालमा उपचार गराइरहेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारका कारण एक महिना बढी समयदेखि अदालत ठप्प छ। लामो समयपछि निकासको बाटो बनाइएको छ तर आज गोला प्रणालीबाट पेसी तोकेर मुद्दाको सुनुवाइ गर्ने बेलामा पनि बारले भाँजो हालेको छ। जसका कारण गोला तानेर सुरू भएका इजलास पनि अवरुद्ध भएका छन्।
न्यायालयमा आइरहेको समस्यालाई हरेक पटक सम्बोधन गर्दै जनताको न्याय पाउने आधिकारलाई बचाई राख्न प्रधानन्यायाधीश राणा सुरुवात देखी आजका दिन सम्म लागिरहेका छन्। तर त्यसको ठिक विपरित बार एसोसिएसन र त्यसका पदाधिकारीहरू न्यायालयलाई अन्योलता र अराजकताको तुवालोमा धकेल्न हरेक दिन लागिपरेका छन्।
गोला प्रणालीमा जानुपर्छ भन्ने माग पुरा हुँदा पनि किन बार अदालतलाई सक्रिय हुन दिदैंन? यो एउटा गम्भीर प्रश्नले बारको नियतलाई प्रस्ट पारेको छ।
बार राजनीतिक बिचौलियाहरुको औलामा नाचिरहेको छ। अदालत र न्याय भन्दा माथि रहेर न्याय क्षेत्रमा नियन्त्रण कायम गर्ने कु-नियत बोकेकाहरुको मार्गनिर्देशनमा हिडिरहेको छ। बार र त्यसको आन्दोलनमा संलग्न सबैलाई थाहा छ उनीहरुको आन्दोलन कम्जोर र स्वार्थगत थियो र छ। उनीहरुलाई न्यायाधीशहरू इजलासमा फर्किएपछि आफ्नो आन्दोलन लगभग समाप्त हुने बारको चिन्ता छ। त्यसकारण बारले गोला प्रणालीबाट पेसी तोकिँदा पनि इजलासमा अवरुद्ध गरिरहेको छन्।