राजेश हमालको काठमाडौँको मेयर बन्ने इच्छा

काठमाडौँ। अभिनेता राजेश हमालले काठमाडौँ महानगरको मेयर बन्ने इच्छा देखाएका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव च्यानलमार्फत एक भिडियो सार्वजनिक गरेका छन्। 'अ डे विथ राजेश हमाल' शीर्षक रहेको उक्त भ्लगको ट्रेलरमा उनले काठमाडौँ महानगरको चिन्ता गर्दै मेयर बन्ने इच्छा देखाएका हुन्।

भिडियोमा उनले भनेका छन् 'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको ध्यानै गएन। भाषणमा चाहिँ भनिरहेका हुन्छन्, प्राक्टिकली गर्ने सोच नपुगेर हो कि ढंग नपुगेर होकी। एकचोटि काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो?'
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×