रुपन्देहीका २३४ घरपरिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण

काठमाडौँ । बौद्ध समाज लुम्बिनीको सहकार्यमा चुजी फाउण्डेसनले आज रुपन्देहीको रोहिणी गाउँपालिकाका २३४ गरिब घरपरिवारलाई राहत वितरण गरेको छ।

फाउण्डेसनले स्थानीय सरकारको सिफारिसमा प्रति व्यक्ति रु. तीन हजार मूल्य बराबरको राहत वितरण गरेको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले जानकारी दिए। आर्थिक रूपमा विपन्न परिवारलाई टोलटोलमा पुगेर राहत वितरण गरेको बौद्ध समाज लुम्बिनीका प्रतिनिधि गोविन्द उपाध्यायले बताए। उनले कमजोर आयस्तर भएकालाई जाडोबाट बच्नका लागि न्यानो कपडाका साथै खाद्यान्न वितरण गरिएको जानकारी दिए। स्थानीय क्षेत्रमा गरिब परिवारले पाएको दुःखका खबर सुनेकाले रोहिणीका गाउँमा आफूहरु राहत वितरण गरेको चुजी फाउण्डेसन नेपालका प्रतिनिधि मुकुन्द विष्टले बताए।

रुपन्देहीमा विगत वर्षदेखि सामाजिक कार्यमा संलग्न बौद्ध समाज लुम्बिनीले बुद्ध दर्शनको विकास र विपन्न परिवारका लागि सहयोग पुर्याउँदै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×