करण जोहरले पहिलो एक्सन थ्रिलर चलचित्र बनाउदै

भारत। भारतीय सञ्चार माध्यमका अनुसार बलिउड निर्देशक करण जोहरले आफ्नो करियरकै पहिलो एक्सन थ्रिलर चलचित्र निर्देशन गर्ने तयारी गरेका छन्। करण जोहरले अहिले सम्म रोमान्टिक चलचित्र मात्र बनाउने गरेका थिए। करण जोहरको यो चलचित्रको छायांकन यहि वर्षको अन्त्यबाट सुरु हुनेछ। हाल करण आफ्नो आउँदो केहि चलचित्रको काममा व्यस्त रहेका छन्।

ति प्रोजेक्टहरू सकेपछी करण उक्त चलचित्रको काममा अघि सर्नेछन्। खबरका अनुसार चलचित्रमा अभिनेता ऋतिक रोशन मुख्य भूमिकामा देखिनेछन्। करणलाई लाग्छ की एक्शन् विधामा डेब्यु गर्न उनले ऋतिक रोशन भन्दा राम्रो साथी भेट्ने छैनन्। तीन खान पछी ऋतिक मात्र एक यस्तो कलाकार हुन्, जसको टिकट हाताहात बिक्ने गरेको छ। हाल ऋतिक आफ्नो आउँदो चलचित्र 'विक्रम वेधा'को रिमेकमा व्यस्त छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×