माओवादी महाधिवेशन : बिहान ११ बजेदेखि बन्दसत्र शुरु हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज (सोमवार) देखि शुरु हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार सम्पन्न भएसँगै सोमवारबाट बन्दसत्रको कार्यक्रम शुरु हुने माओवादी केन्द्रले जनाएको छ ।

नेता जनार्दन शर्माका अनुसार सोमवार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रमशुरु हुनेछ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×