सिनेमा ‘के घर के डेरा’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ - कार्तिक ४ मा रिलिज हुने सिनेमा ‘के घर के डेरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दीपेन्द्र के खनाल निर्देशित सिनेमाको पोस्टरमा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा फिचर्ड छन्।

एक पोस्टरमा विपीनले काजु खाँदै गरेको देख्न सकिन्छ। दोस्रो पोस्टरमा टाई, कोट र कालो चस्मामा ठाटिएका दयाहाङले आकाशतिर हेरि रहेका छन्। तेस्रो पोस्टरमा वर्षालाई खुशी बनाउन विपीनले लालपुर्जा देखाइरहेको दृश्य छ। पृष्ठभूमिमा सुरक्षा र रवीन्द्र हर्षित मुद्रामा देखिएका छन्।

महेश दवाडीको पटकथा र संवाद रहेको सिनेमामा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री, बाल कलाकार आयुशी ढकालको पनि अभिनय रहेको छ।

सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल र कोसिस क्षेत्रीको संगीत, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन्। सिनेमाको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×