काठमाडौँ - गायिका मेलिना राई र गायक निशान भट्टराईको स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ। लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन्। प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन्।
गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि संघर्षमा विश्वास गर्न अनुरोध गरिएको छ।
भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माको नृत्य रहेको छ। फर्पिङ आसपासका स्थानमा छायाङ्कन भएको भिडियोलाई विनोद बमले निर्देशन गरेका हुन्।