‘पृथ्वीराज’को नयाँ प्रदर्शन मिति घोषणा

भारत। बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्रम अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लर मुख्य भूमिकामा देखिनेछन्। ऐतिहासिक कथामा आधारित रहेको यो चलचित्र आगामी जुन १० मा प्रदर्शनमा आउने भएको छ।

यसअघि चलचित्रको प्रदर्शन मिति जनवरी २१ मा राखीएको थियो। तर, कोरोना महामारीका कारण निर्माणपक्षले चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरेको थियो।

बिहीबार निर्माणपक्षले चलचित्रको मोसन पोस्टरसहित चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेको हो। चलचित्रमाअक्षय कुमार सम्राट पृथ्वीराज चौहानको भूमिकामा देखिनेछन्।

चन्द्रप्रकाश द्विवेदीको निर्देशन रहेको चलचित्रमा सोनु सुद र सञ्जय दत्तको पनि अभिनय रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×