एन्फाले एनएसएलसँगको सम्झौता रद्द गर्ने

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टसँग गरेको सम्झौता खारेज गर्ने भएको छ। नेपाल सुपर लिग (एनएसएल) का लागि गरिएको सम्झौता खारेज हुने एन्फाका एक उच्च पधारिकारीले बताएका हुन्।

एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो।​ एनएसएलले एन्फासँगको सम्झौता अनुसार अघि नबढेकाले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

एनएसएल हुने नहुने विषयमा भने एन्फाको कार्यसमितिले निर्णय गर्ने भएको छ। आज बसेको बैठकले भने एनएसएलसँगको सम्झौता रद्द गर्ने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×