काठमाडौँ - जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानलाई पराजित गरेको छ। समूह चरण अन्तर्गत मंगलवार राति बायर्नले इन्टरलाई २-० गोल अन्तरले पराजित गरेको हो।
जीतसँगै बायर्नले ६ खेलमा १८ अंक जोडेको छ। बायर्न समूह ‘सी’ को शीर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ।
इन्टर १० अंक जोडेर समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ।