रुपन्देही - रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। साइकलमा सवार उक्त महिलालाई लु २ ख ४३२६ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्री चौधरी, उनकी २६ बर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिसा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे उक्त टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएको थियो। दिल कुमारीको भने उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार टिपरका चालकलाई प्रहरीले नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको छ।