काठमाडौँ- नेपाल स्पोर्टस म्यानेजमेन्टकाले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ। एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको नेपाल स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले रातोपाटीलाई जानकारी दिएका छन्।
एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक ५ गतेको समय मागेको थियो। खेलाडी अनुबन्धको विषयलाई लिएर अक्सन भइसकेको एनएसएल टाइसिट ड्र गर्ने समयमा रोकिएको थियो।