४० दिनपछि सर्वोच्च अदालत लयमा

काठमाडाैं । न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक  ८  गतेदेखि  रोकिएको  न्याय  सम्पादन  कार्य  शुक्रबारदेखि  लयमा फर्किएको हो ।

मङ्सिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो । शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, “शुुक्रबारदेखि सबै  प्रकारका  मुद्दाको  सुनुवाइ  सुरु  भएको  छ  ।  अब  नियमित  गतिमा  अदालत फर्किन्छ ।”

यसअघि  केही  समयदेखि  न्यायाधीशहरूले  बन्दी  प्रत्यक्षीकरण,  मिलापत्र,  मुद्दा  फिर्ता,  तामेली  लगायतको  सुनुवाइ  गरेका  थिए ।  सोबाहेक पूर्वनिर्धारित रहेको नियमित पेसीका मुद्दा सुनुवाइ गरेका थिएनन् । 

शुक्रबार सर्वोच्चमा १० वटा संयुक्त र दुई एकल इजलास गठन भएका थिए । गठन भएमा सबै इजलास बसेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छापिएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×