सिरिज ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौँ - युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको सिरिज ‘आलु जस्तो लव’ अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा युवाहरुको प्रेममा आउने आरोह अवरोहको देखाउन खोजिएको छ।

सिरिजका लेखक निर्देशन देव धिमाल हुन्। दिवस नाथ, प्रियंका श्रेष्ठ, प्रियन्सी श्रेष्ठ, सोनियो रन्जित, पुनम परियार, सुमन थोप्रा लिम्बू, भिमसेन खतिवडा, राजकुमार शाह, विजयराज भुर्तेल, राजिव धिमाल, कृष्णप्रसाद धिताल, सविना गहतराज, रोजिना गौतम, अर्जुन थापा लगायतले अभिनय  सिरिजमा देख्न सकिन्छ।

युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा सिरिजमा गहिरिएर देखाउन खोजिएकोले दर्शकले रुचाउने विश्वास निर्देशक धिमालले व्यक्त गरेका छन्। उनले सिरिज छिट्टै टेलिभिजनबाट दर्शकले हेर्न पाउने बताएका छन्।

विजयराज फिल्मस्को सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे र प्रवेश राईले गरेका हुन्, भने सम्पादन विजय राज भुर्तेलको रहेको छ। मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमाल सिरिजका निर्माता हुन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×