काठमाडौँ - कतार विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाका २ खेलाडी चोटका कारण विश्वकप सुरु नहुँदै बाहिरिएका छन्।
फरवार्डद्वय जाओक्विन कोरेअ र निकोलस गोन्जालेजले चोटका कारण विश्वकप गुमाउने भएका हुन्।
उनीहरुको स्थानमा एन्जल कोरेअ र थियागो अल्माडालाई टिममा राखेको अर्जेन्टिना फुटबल संघले जनाएको छ।
एन्जल कोरेअले अर्नेन्टिनाका लागि २७ र २१ वर्षीय अल्माडाले १ खेल मात्र खेलेका छन्।