प्रबल गुरुङको सपना पूरा भएको श्रेय अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई

काठमाडौँ - नेपाली-अमेरिकन हलिउड फेसन डिजाइनर प्रबल गुरुङले आफ्नो सपना पूरा भएको श्रेय अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई दिएका छन्। 

मे १८ मा ह्वाइट हाउसको रोज गार्डेनमा भएको एसियन–अमेरिकन रिसेप्सन पार्टिमा सरिक भएका प्रबलले 'नेपाली केटा'को सपना पूरा गरिदिएकोमा धन्यवाद दिएका छन्।

'म्याडम भीपी, तपाईंको सधैँको माया, दयालु शब्दहरू र समर्थनको लागि धन्यवाद। तपाईंले मलाई राम्रो देखिन सहयोग गर्नु भएको। यो खैरो वर्णको नेपाली केटोले कहिल्यै पनि सोचेको थिएन कि यो उसको सपनाको एउटा हिस्सा बन्नेछ भनेर। यसको लागि र अरू धेरै कुराका लागि म तपाईंप्रति आभारी छु, सधैँभरी,' ह्यारिससँगको फोटो सेयर गर्दै उनले लेखेका छन्। 

उक्त इभेन्टमा प्रबलले वर्तमान राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरे। उपराष्ट्रपति ह्यारिसले सपथ ग्रहणमा गुरुङकै डिजाइनर पहिरन लगाएकी थिइन्।

गुरुङले डिजाइन गरेका पहिरनहरू यसअघि पनि तत्कालीन राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले धेरैपटक लगाएकी छन्। उनले गुरुङको पहिरन मात्रै लगाएकी थिइनन्। उनलाई धेरैपटक ह्वाइट हाउसको इभेन्टहरूमा आमन्त्रित समेत गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×