सैनिक श्रीमती सङ्घद्वारा मुसहर परिवारलाई राहत वितरण

महोत्तरी । अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ ।बर्दिबासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसी हालै सो सामग्री वितरण गरेकाेहाे ।

मटिहानी नगरपालिका–४ मझौरा मुसहरीटोलका रौदी  सादाले  सामग्री पाएपछि भने,“ यसपालिको जाडोबाट बचिएला । ”  

साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्नसहितको राहत वितरण गरिएको थियो ।     परिकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिणपश्चिमवर्ति सम्सी गाउँपालिका–५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ  ।
गणपति प्रमुख सेनानी शिवहरि केसीले उहाँलाई राहत सामग्री वितरण गरेका हुन् । विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३६४ मुसहर रहेका  छन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×