काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ।
कांग्रेस नेता कोइराला आज साँझ ओली निवास पुगेर भेट गरी वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ।