काठमाडौँ - कतार विश्वकपअघि खेलेको आफ्नो अन्तिम लिग खेलमा पीएसजीले आइतबार अजुरीलाई ५-० गोलले हराएको छ। घरेलु मैदानमा पीएसजीका एमबाप्पे, हाकिमी, रेनाटो सान्चेज, कार्लोस सोलर र ह्युगो एकिटिकीले गोल गरेका थिए।
मेस्सी र नेमार दुवैले अन्तिम १५ मिनेट भने खेलेनन्। एमबाप्पेले ११ औँ मिनेटमा गोल गरेको खेलमा पीएसजीले मध्यान्तरपछि ४ गोल गरेको थियो। यो सिजन लिग वानमा एमबाप्पेले सर्वाधिक १२ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका नेमारको नाममा ११ गोल रहेको छ।
मेस्सीले ७ गोल गरेका छन्। अंक तालिकामा पीएसजी १५ खेलबाट ४१ अंक जोड्दै दोस्रो स्थानको टोलीभन्दा ५ अंकले अगाडि रहेको छ।