शास्त्रीय धारमा आधारित युगल गीत 'ननिदाई ननिदाई'

काठमाडौँ - शास्त्रीय धारमा आधारित युगल गीत ननिदाई ननिदाई हालै सार्वजनिक गरिएको छ। गीतकार डा. मनिष वशिष्ठद्वारा रचित सेमी क्लासिकल गीतमा गायक तथा संगीतकार सजल न्यौपानेको संगीत तथा उनको साथमा गायिका बानिका प्रधानको स्वर रहेको छ।

गीत सुन्ने संस्कार हराउँदै गएका बेला सुन्ने गीत बनाउने प्रयासस्वरूप यो गीत बजारमा ल्याएका हौँ, गीतकार वशिष्ठको भनाइ रहेको छ।

गीतका संगीत संयोजक सुमित विश्वकर्माले वेस्टर्न पियानोसँग सितार र तबलाको राम्रो प्युजन गराएका छन्।

गीतको भिडियोमा गायक सजल,अभिनेत्री साक्षी लम्साल र बानिका प्रधानको भूमिका रहेको छ। भिडियोको छायाँकन सलिल न्यौपाने र निर्देशन गायक तथा संगीतकार न्यौपानेले नै गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×