रणवीर र आलियाको 'रकी और रानीकी प्रेम कहानी' को छायांकन सुरु हुँदै

भारत। बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको आउँदो चलचित्र 'रकी और रानीकी प्रेम कहानी' को छायांकन भोलिबाट सुरु हुनेछ।

चलचित्रको छायांकन भारतको गोरेगाउँ फिल्म सिटीमा हुनेछ। दुवै कलाकारको १२ दिनको छायांकन सेड्युल राखिएको छ। जहाँ गीत र केही सिनको छायांकन गरिनेछ।

करण जोहरको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन कोरोनाका कारण रोकिएको थियो। चलचित्रको छायांकन यसअघि १० रोकिएको हो। चलचित्रमा रणवीर रआलियाका अलावा धर्मेन्द्र, जया बच्चन, शबाना आजमी आदि कलाकारहरु रहेका छन्।

चलचित्रको प्रदर्शन मिती फेब्रुअरी २०२३ तय गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×