काठमाडौँ - गायक धीरज राईले २५ वर्ष अघि गाएका थिए ‘लुकी लुकी’ बोलको गीत। त्यतिबेला नेपाली बजारमा नयाँ स्वादसहित आएको गीत निकै चर्चित भएको थियो।
उक्त गीत २५ वर्षपछि नयाँ भिडियोसहित फेरि सार्वजनिक भएको छ। ‘ट्रि इन्टरटेनमेन्ट’को प्रस्तुतिका रुपमा धीरजको ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक भएको हो। भिडियोमा अभिनेत्री आँचल शर्मा, अभिनेता डेल्विस र राजले अभिनय गरेका छन्। गीतमा शब्द तथा संगीत पनि गायक धीरजकै रहेको छ। संगीतको एरेन्ज रविन दर्शनधारीले गरेका छन्।
नयाँ भिडियोसहित सार्वजनिक भएको गीतको निर्माण दिनेश दर्शनधारी र यशोधा राईले गरेका छन् भने भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् भने कोरियोग्राफी ‘माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमी’को रहेको छ।